शनिबार, ८ वैशाख २०८१

मतदानस्थलबाटै प्रचण्डले गरे यस्तो उदघोष

समयपोष्ट २०७४ मंसिर २१ गते २:५६

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन संगै देशमा समृद्धिको यात्रा सुरु भएको बताएका छन् ।

Advertisement

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै मतदातालाई ऐतिहासिक चुनावमा सहभागी हुन आग्रह पनि गरे।

‘देशमा समृद्धिको यात्रा सुरु भएको छ ।अब राजनीतिक स्थायीत्व हुने र देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्नेछ।, उनले भने ‘ शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा  खुसी र गर्वको महसुस भयो । देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री