शुक्रबार, ७ वैशाख २०८१

प्रमुख दलका बरिष्ठ नेता उम्मेदवारबाट मतदान, कसले कहाँबाट गरे हेर्नुहोस (तस्वीर सहित)

समयपोष्ट २०७४ मंसिर २१ गते २:४७

प्रमुख दलका बरिष्ठ नेताहरुले आ आफनो निर्वाचन क्षेत्रबाट मतदान गरेका छन । काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् । नेता पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

Advertisement

ramchandra_0Bp2FyG8g7

मतदानपछि सञ्चारकर्मीसँग पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न तथा देशको समृद्धिका लागि यो निर्वाचन ऐतिहासिक भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे मतदान गरेका छन् ।  मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको, देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

pradip_oNYe6DqQk5

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता)  प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

sekhar_SzdxLQ4sWN

मोरङ ६ का उम्मेदवार (कांग्रेसका नेता) शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट बिहान सात बजे मतदान गरेका छन् ।

 

subas_nembang_vRHWdw1raR


इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् । 

giriraj_m5AGGSNSJ4

महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्राबिमा मतदान गरेका छन् 

anil_jha_fSCZm58vK3


राजपा नेता अनिल झाले  रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन ।

hridayesh_pQpCMT2FV3


नवलपरासी (पश्चिम)को केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट हृदयेश त्रिपाठीले मतदान गरेका छन् । 

iswor_Kl7CvA1YBS


तुलसीपुर उपमहानगर १९ बाट एमाले नेता शंकर पोखरेलले मतदान गरेका छन् । 

top_8Td8r6JyrC


अर्घाखाँचीको रासीचौर मतदान केन्द्रबाट टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री