शनिबार, २२ फागुन २०७७

निर्वााचनको पुर्वसन्ध्यामा प्रचण्डले गरे यस्तो आह्वान

समयपोष्ट २०७४ मंसिर २० गते १२:२१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् । 

Advertisement

चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहनुभएका उनले आज साँझ संचारकर्मीसंग  कुराकानी गर्दै यो निर्वाचनमा संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गरे । उनले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन अपिल पनि गरे । 

संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न बुबाआमा, दाजुभाई दिदीबहिनी तथा देशवासीहरुमा अपिल गरे । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री