मंगलबार, ४ वैशाख २०८१

रक्षामन्त्री भन्छन् : निर्वाचन विथोल्न खोज्नेहरुमाथि सेनाले गोली चलाउन सक्छ

समयपोष्ट २०७४ मंसिर २० गते ९:५२

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’

Advertisement

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । मन्त्री प्रधानले थपे, ‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस् ।’

अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाइएको उनले बताए । भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए ।

नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले लोकतन्त्रको रक्षाका लागि निर्वाचन भएकाले निर्वाचन प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरेे । उनले निर्वाचनलाई स्वच्छ, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थापनमा कडाई गर्न सरकारसँग आग्रह पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री