शनिबार, ८ वैशाख २०८१

सर्वोच्चले अन्तरिम आदेश दिएन, शिवपुजन यादव चुनाव लड्न नपाउने

समयपोष्ट २०७४ मंसिर २० गते ९:४५

सर्वोच्च अदालतले वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  बुधबार न्यायाधीशद्धय दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । यससंगै सर्लाही ४ मा वाम गठबन्धनका साझा उम्मेदवार यादव उम्मेदवार बन्न नपाउने भएका छन् । 

Advertisement

अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ । पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । यो पटक माओवादीबाट उम्मेदवार बनेका उनीविरुद्ध स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगमा उजुरी दिए । तर, सुनुवाई नभएपछि उनीहरु सर्वोच्चमा गए ।

तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उनको उम्मेदवारी खारेज गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री