शुक्रबार, १६ चैत २०८०

यसरी बन्यो बबीको अन्तिम विकल्प ‘यौन व्यवसाय’

समयपोष्ट २०७४ मंसिर २० गते ४:०७

बबी तामाङ, तेस्रो लिंगी :

Advertisement

छोरो भएर जन्मे । हुर्कदै जाँदा छोराको भुमिका निर्वाह गर्न सकिनँ । सबै चाहना  छोरीको जस्तो भयो ।  छोरीकै गर्न कपडा लगाउन थालेँ ।  छोरा मान्छे मन पर्न थाल्यो । घरपरिवार तथा समाजमा गिज्याउने पात्र बनाए । हेला र गलत दृष्टिकोणले हेर्न थाले । 

प्रकृतिले त्यस्तो बनायो, यसमा हाम्रो के दोष ? 

पढ्दै थिएँ, शिक्षक र साथीको हेलाले पढ्न छोड्नुपर्यो । अभिावकले गाली गरेर घरबाट निकाले । कहाँ जाने के गर्ने कसैले काम दिँदैन । 
सरकारले पनि वास्ता गरेन । अनि अन्तिम विकलप बन्यो देहव्यापार । 

एक दुई हजार रुपैयाँका लागि चिसोमा बस्न कसलाई रहर लाग्छ र तर बाँच्नको लागि खान लाउन त पर्यो नि । काम गर्ने अवसर पाए गथ्र्यौँ ।  मौका पाउने गायक मोडल बनेका छन् । सरकारले पनि तेस्रो लिंगीका लागि केही सोच्नुपर्छ । आफैलाई बेचेर जीवन चलाउँदा नि सुख छैन । 

पुलिसले लैजान्छ, हप्ता दिन राखेर दस पन्ध्र  हजार धरौटीमा छोड्छ । फेर त्यो पैसा तिर्न सडकमै जानुपर्छ ।  सकारले केही व्यवस्था गरिदिए यौन पेसा त्याग्ने थिए । पत्रकार हामीसंग ग्राहक बनेर आउँछन् । हाम्रो काममा बारेमा यस्तो,उस्तो गर्छन्, समाज विगार्छन् भनेर समाचार लेख्छन् । तर समस्या समाधान के गरेर हुन्छ भनेर लेख्दैनन् । आजको नागरिकमा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री