बिहीबार, १५ चैत २०८०

कैलाली उम्मेदवार लेखराज भट्ट र काँग्रेस नेता रमेश लेखकको घर नजिक बम विष्फोट,डडेल्धुरामा खगराज भट्टको गाडीमा बम प्रहार

समयपोष्ट २०७४ मंसिर १९ गते ५:०८

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ । 

Advertisement

भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ  । त्यसैगरी

नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोट गरिएको छ । 

बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।  

बम बिष्फोटन गर्ने कार्यमा संलग्नहरुको खोजी कार्य शुरु गरिएको उनले बताए ।  

नेपाली काँग्रेसका पूर्व कञ्चनपुर जिल्ला कार्यसमिति सचिव भोजराज बोहराले नेता लेखकको घर नजिकै बम बिष्फोटनको घटनाको भत्र्सना गरेका छन् । उनले आपराधिक क्रियाकलापमाथि तत्काल नियन्त्रण गर्न मागसमेत गरेका छन् । 

यसैबीच, चुनावी कार्यक्रम सकेर फर्कँदै गरेका वाम गठबन्धन डडेल्धुराका प्रतिनिधि सभाका उम्मेदवार खगराज भट्टको गाडीलाई लक्षित गरी गएराति ९ बजे बम प्रहार गरिएको छ । बम प्रहारबाट गाडीमा सामान्य क्षति पुगेपनि उम्मेदवार भट्टसहित गाडीमा सवार सबैजना सकुशल रहेको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री