सोमबार, २४ फागुन २०७७

‘समृद्धिको अभियान पूरा गर्न हामीलाई मत’

समयपोष्ट २०७४ मंसिर १८ गते १२:१७

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन नेतृत्व गरेको दललाई नै कार्यान्वयनको पनि जिम्मेवारी दिन मतदातासँग अनुरोध गरेका छन् । 

Advertisement

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज जोरपाटीमा आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता सिंहले तीन कालखण्डका तीन परिवर्तनको नेतृत्व गरेको काँग्रेस अब समृद्धिको अभियान पूरा गर्न चाहन्छ, यसका लागि अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिनुस् भने । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ ३ नं क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बिका बस्नेतले देशबाट गरिबी निवारणका लागि काँग्रेसलाई नै बहुमत दिनुपर्ने बताए। “गरिबको पार्टी हौँ भन्ने साम्यवादी दल गरिब घटे संगठनका आधार सकिन्छ भनेर विपन्नको आर्थिक अवस्था सुधार गर्न चाहन्नन्, काँग्रेस सबैलाई न्यूनतम आवश्यकता परिपूर्ति गर्न सक्षम बनाउन चाहन्छ”, सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेतले भने। 

Advertisement

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताको चाहना पूरा गर्न नगरपालिकाका प्रत्येक वडामा धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको बताए। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री