बुधबार, १२ वैशाख २०८१

गगनको हत्या गर्ने मनसायले बम प्रहार भएको काँग्रेशको ठहर

समयपोष्ट २०७४ मंसिर १८ गते १०:२९

नेपाली कांग्रेसले चुनावी प्रचारप्रसारमा रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेसका तर्फबाट काठमाडौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापामाथि हत्या गर्ने मनसायले बम प्रहार भएको भन्दै घोर निन्दा र भत्र्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले घटनामा संलग्नलाई तत्काल खोजी कडा कारबाही गर्न समेत माग गरेको छ । पार्टीका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति निन्दा र भत्र्सना गर्दै यस्ता घटनाबाट रतिभर विचलित नहुन नेता कार्यकर्ता र मतदातालाई आग्रह गरिएको छ । कांग्रेसले घटनाले शान्तिपुर्ण एवं निर्वाध निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको अधिकारको उल्लंघन र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको जनाएको छ ।

Advertisement

pf

प्रतिक्रिया

सम्बन्धित सामाग्री