शुक्रबार, १६ चैत २०८०

लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको ओलीको आरोप

समयपोष्ट २०७४ मंसिर १७ गते ७:२४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर  निर्माण भएको आरोप लगाएका छन् । विराटनगरको पुष्पलाल चोकमा आइतबार विहान आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन भनिएको त्यो लोकतान्त्रिक होइन, अलोकतान्त्रिक, यथार्थमा लोकतन्त्र छाडिसकेको गठबन्धन हो ।’

Advertisement

ओलीले लोकतान्त्रिक गठबन्धनले देश विकास गर्न नसक्ने भन्दै मतदातालाई सचेत हुन आग्रह समेत गरे । उनले वाम गठबन्धनले मात्र देशको रक्षा र स्वाभिमानलाई उच्च बनाउने दावी गरे ।उनले सबै जातजाती भूगोलका समुदायबीच राष्ट्रिय एकताको भावना जगाउन वाम गठबन्धनले मात्र सक्ने दावी गर्दै कांग्रेसले बहुराष्ट्र नाम दिएर नेपाली जनतामा विखण्डन ल्याउने प्रयास गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री