शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश पारित

समयपोष्ट २०७४ मंसिर १७ गते ४:४५

माछापुच्छ्रे बैंकको १९ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश पारित गरेको छ । ग्राण्ड हाेटल पाेखरामा शुक्रबार सम्पन्न साधारण सभाले १५ प्रतिशत लाभांश लाभांश पारित गरेकाे हाे । 

Advertisement

उक्त सभाले बैंकको आर्थिक बर्ष २०७३/ ७४ को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, उक्त सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ । ९ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । बैंकले सोही अवसरमा पोखराको नयाँबजार स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७४ ७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमास सम्ममा ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

हाल माछापुच्छे बैंकको ६२ शाखा कार्यालय ८४ एटीएम, ४ वटा एक्स्टेशन काउन्टर र ७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री