बिहीबार, १३ वैशाख २०८१

जापानी सम्राट आकिहितोले राजगद्दी त्याग्ने

समयपोष्ट २०७४ मंसिर १५ गते ५:३३

८३ वर्षीय जापानी सम्राट आकिहितोले राजगद्दी त्याग्ने भएका छन् । आकिहितोले  अप्रिल २०१९ मा राजगद्दी त्याग्ने भएका हुन् । सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गरेका हुन् ।गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो । लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने बताए । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नेछन् । जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए । एजेन्सी

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री