शनिबार, ८ वैशाख २०८१

केन्याका डान्सबारमा नेपाली युवती: गुनासोसहित आयो यस्तो म्यासेज

समयपोष्ट २०७४ मंसिर १५ गते ३:२५

अफ्रिकी मुलुक केन्याका डान्स बारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ ।

Advertisement

प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो ।युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । 

केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रुपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाई, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती युवती लैजान अस्वीकार गरिन् ।

प्रहरी स्रोतका अनुसार, सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटो सुट गरिएको तस्बिर हाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे ।

प्रहरीले सुवालको मोबाइलमा केन्या पठाइएका युवतीको तस्विर पनि फेला पारेको थियो । मोबाइलमा केन्याको डान्सबारमा काम गर्ने नेपाली युवतीले पठाएको म्यासेज पनि भेटिएको थियो ।

ती नेपाली युवातीले आफूहरुले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासोसहितको म्यासेज सुवाललाई गरेका थिए । आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री