बिहीबार, १५ चैत २०८०

टिभिएस १२५ सिसि म्याक्स सेमी ट्रृेल मोटरसाईकल सार्वजनिक, यस्ता छन् मुल्य र विशेषता

समयपोष्ट २०७६ पुष १४ गते १९:१६

Advertisement

नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस १२५ सिसिको म्याक्स सेमी ट्रृेल मोटरसाईकल सार्वजनिक गरेको छ ।

पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई शनिबार सार्वजनिक गरिएको हो ।

यस मोटरसाईकलमा अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । जसले बाटोघाटो जस्तै अवस्थाको भए पनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाए पनि थकाई लाग्ने हुँदैन । नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस ब्राण्डको यो नयाँ १२५ सिसिको म्याक्स मोटरसाइकल उपलब्ध गराएको हो ।

टिभिएस म्याक्स सेमी ट्रृेल मोटरसाइकलको निर्माण अत्याधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुतलगायत अन्य थप विशेषताहरुले भरपूर छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ। जस कारण अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।

सोही समारोहमा मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टिभिएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताउनु भयो ।
यो टिभिएस म्याक्स सेमी ट्रृेल देशभर रहेका टिभिएस शो रुमहरुमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य रु.२,३९,९००÷ कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री