बिहीबार, ६ वैशाख २०८१

सैनामैनाको कलौनीमा प्राइम लाइफको सम्पर्क कार्यलय सञ्चालनमा

समयपोष्ट २०७६ पुष १० गते १४:२२

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले प्रदेश नम्बर ५ बुटवलस्थित सैनामैनाको कलौनीमा सम्पर्क कार्यलय सञ्चालनमा ल्याएको छ।

कार्यलयको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई, सैनामैना वडा नं. ६ का वडा अध्यक्ष बसन्त पाण्डेले संयुक्त रुपमा बुधबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरे ।

इन्स्योरेन्सले सैनामैना लगायतका यस क्षेत्रका बासीहरुलाई सहज रुपमा सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको हो ।

कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख शिवा प्रसाद पौडेल, बजार प्रमुख नविन थापा, बुटवल शाखा प्रमुख रिता के.सी, नेकपा सैनामैना इन्चार्ज नारायण न्यौपाने लगाएतले विमाको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा सैनामैनाका जनप्रतिनिधि, राजनितिक दल, इन्स्योरेन्सका प्रतिनिधि–अभिकर्ता, स्थानियहरुको सहभागिता रहेको थियो ।

इन्स्योरेन्सको देश भर ५८ ओटा शाखा, ८० उपशाखा, ३० ओटा संपर्क कार्यलय र ७ प्रदेशमा प्रदेश कार्ययालय रहेका छन् । यसको प्रमुख कार्यलय, काठमाडौंको हात्तीसारमा रेहेको छ । संस्थाको हाल चुक्तापुंजी २ अर्व ७७ लाख रहेको छ । बीमा संख्या १६ लाख ८७ हजार ५ सय ३६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री