आइतबार, ४ साउन २०८२

महशुल नबुझाएपछि काँग्रेस पार्टी कार्यालयको काटियो लाईन, नेकपाको जोडियो

समयपोष्ट २०७६ पुष २ गते १२:५२

विद्युत प्राधिकरणले नेपाली काँग्रेस गुल्मी जिल्ला पार्टी कार्यालयको बत्तिको लाईन काँटिदिएको छ ।

गुल्मी वितरण केन्द्रलाई विद्युत महशुल नबुझाएपछि एक हप्ता अघि पार्टी कार्यालयको लाईन काटिएको हो । नेपाली कांग्रेसले ५४ हजार ३ सय ३६ रुपैयाँ बुझाउनु पर्नेमध्ये केही रकम बुझाए पनि पुरा रकम नबुझाएका कारण लाइन जडान गर्न नसकिएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

त्यस्तै प्राधिकरणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको लाइन पनि काटिएको थियो । तर सो पार्टीले लाईन काटिएलगत्तै विद्युत महशुल बुझाएपछि लाइन जोडिएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४ सय १९ रुपैयाँ महसुल बुझाएपछि लाइन जडान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री