शुक्रबार, १६ चैत २०८०

अर्घाखाँचीमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा

समयपोष्ट २०७६ मंसिर ३० गते २१:१५

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुँच विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०६औं शाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उदघाटन बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलद्वारा संयुक्त रुपमा भएको थिए ।

शाखा कार्यालयको सो उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल तथा उपप्रमुख ठाकुर कुमार वि.क., कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुँयाल, प्रमुख व्यवसाय अधिकृत–मध्य पश्चिम क्षेत्रसुनिल पोखरेल, शाखा प्रमुख लक्ष्मण मरासिनी तथा गुल्मी शाखा प्रमुख दिपक पोखरेल लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरु एवम् सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु प्रचलनमा ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँची लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बिमाशुल्क भुक्तानी, बिमा दाबी, बिमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बिमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले यहि मंसिर २७ गते देखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले जीवन बिमाको आवश्यकता तथा महत्वको बारेमा प्रकाश पार्दै यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा स्थानीय वासिन्दाको पहुँचमा जीवन बिमा सेवा उपलब्ध गराउन लागेकोमा कम्पनीको समुन्नतिको लागी शुभकामना व्यक्त गरे ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बिमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूंजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योग्दान पु¥याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ अध्यक्षको थियो ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ब्रान्ड एम्बेस्डर रहेको यस कम्पनी २०७४ कार्तिक देखि संचालनमा आएको र संचालनको छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री