शुक्रबार, १६ चैत २०८०

युएचइइएमको आधिकारिक लोकार्पण सम्पन्न

समयपोष्ट २०७६ मंसिर ३० गते ११:३२

Advertisement

नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाइटेड हेभी इक्युपमेन्ट एन्ड अर्थमुभर्र्सको आधिकारिक लोकापर्ण भएको छ । धुम्बाराहीमा हेडक्वार्टस रहेको यस कम्पनीको लोकापर्ण कार्यक्रम राजधानीको हायत रिजेन्सीमा आइतबार भव्यतापूर्वक सम्पन्न भएको हो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको यहिमले विश्वविख्यात कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक,नियोसेनका निर्माण उपकरणहरुः एक्साभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ ।

युएचइइएमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान , जर्मनी , साउथ कोरियामा उत्पादन भएको अन्र्तराष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई , कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्र्तराष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहिआएको छ ।

क्याटरपिल्लर , कोमात्सु , कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको युएचइइएमले निर्माण उपकरणहरुको गुणस्तर , प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर , विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ ।

युएचइइएमको धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस , पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री