बिहीबार, १३ वैशाख २०८१

सन्राइज बैंकको ३ अर्ब बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री

समयपोष्ट २०७६ मंसिर २९ गते १९:३३

Advertisement

सन्राइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको रु.३ अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ । २०७६/७/२० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा २०७६/७/२४ गते र ढिलोमा २०७६/८/१९ गते सम्म खुल्ला रहेको थियो । १०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६÷७÷२४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।

सर्वसाधारण निष्कासनको तर्फबाट रु.४५३,८२९,००० बराबरको ४५३,८२९ कित्ता र परिपत्र विधिको तर्फबाट बाट रु.२,५४६,१७१,००० बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ । ऋणपत्रको बाँडफाँट मंसिर २७ गते शुक्रबार गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गर्न सफल भएको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।¬

प्रतिक्रिया

सम्बन्धित सामाग्री