बुधबार, १२ वैशाख २०८१

काठमाडौं आउँदै गरेको नेपाली सेना सवार बस दुर्घटना , ३० जना घाइते

समयपोष्ट २०७६ मंसिर २८ गते ११:३९

Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन् । ना ६ ख ४०४ नंको बस आफँै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री