बिहीबार, १३ वैशाख २०८१

ऐश्वर्या देखि करीनासम्म, खराब आचरणका कारण सधैँ चर्चित बलिउडका यी कलाकार

समयपोष्ट २०७६ मंसिर २७ गते १२:४२

Advertisement

बलिउडमा केही यस्ता कलाकार पनि छन् जो सधै खराब आचरणका कारण चर्चामा आईनै रहन्छन् ।

जया बच्चन अर्थात पुर्व विश्व सुन्दरी ऐश्वर्या रायकी सासु , बउिडका महानायककी श्रीमती, अभिनेत्री तथा सांसद । उनका पछिल्ला दिनहरुमा बारम्बार रिसाएका भिडियोहरु भाइरल भइरहन्छन् ।

उनी कहिले फोटोग्राफरलाई गाली गरिरहेकी भेटिन्छिन् त कहिले फोटो खिचेकोमा आपत्ति जनाइरहेकी हुन्छिन् । अर्की अभिनेत्री हुन् । साथै उनै जया बच्चनकी बुहारी अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय । सुन्दरताकी खानी राय खराब आचरण भएकी अभिनेत्रीमा गनिन्छिन् । उनलाई रिसाहा अभिनेत्री पनि भनिन्छ । उनी आफ्नै को–स्टारसँग पनि राम्रो व्यवहार नगर्ने, मिडिया र मानिसहरुको खिल्ली उडाउने गर्छिन् ।

यसै सूचिमा सुचिकृत भएका अर्का अभिनेता हुन् ऋषि कपूर । भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार उनीसँग रिसको पुरानो नाता नै छ ।

रिलमा रोमान्समा मग्न हुने शाहरुख कति घमण्डी र रिसाहा होलान् ? या नहोलान् ? देख्दा रोमान्टिक देखिने शाहरुख खान आफ्ना समकक्षीसँग झगडा गर्नमा पोख्त छन् । उनको बलिउडका थुप्रै कलाकारसँग दुश्मनी छ । उनी धेरै नै रिसाहा छन् ।

सलमान खानलाई घमण्डी छैनन् भन्ने त कमै भेटिन्छन् । उनले सञ्चालन गर्ने रियालिटी शोहरुबाट पनि उनको व्यवहार त सजिल्यै चिन्न सकिन्छ ।

उनले विवेक ओबरायको करियर नै भताभुङ्ग बनाइदिए । प्रायः बलिउडका कलाकार उनीसँग मुकाबिला गर्न डराउँछन् ।

कट्रिना कैफ आफ्ना दर्शकसँग राम्रो तरिकारले प्रस्तुत हुन सक्दिनन् । उनले एक पटक बच्चा फ्यानले अटोग्राफ माग्दा उनले ती बच्चालाई सुटिङबाट बाहिर निकालिदिएकी थिइन् ।

करीना कपूर, सोनम कपूर र अनुष्का शर्मा पनि यो सूचिमा पर्छन् । करीनाको एकदमै रुखो छ व्यवहार भने उनको अरुलाई होच्याउने बानी पनि छ । यता, सोनम कपूर सार्वजनिक स्थलमा बोल्न नै जान्दिनन् भने अनुष्का मानिसहरुलाई एकदमै होच्याएर व्यवहार गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री