शुक्रबार, १६ चैत २०८०

नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन कोलकतामा

समयपोष्ट २०७६ मंसिर २६ गते २०:०७

Advertisement

नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ ।

कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् । ११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधबार नेपालसंगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो ।

महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु पनि सहभागी छन् ।

राराहिल कीर्तिपुरकै विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ । नाटकमा विभिन्न पात्रहरु मार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ । साथै नाटकले आर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ ।
नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ । रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार देश आइपुग्दैछन् ।

रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । अरु देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति वेवास्ता छ । बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिवद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री