शनिबार, ८ वैशाख २०८१

कुमारी बैंकको मेलम्ची शाखा उद्घाटन

समयपोष्ट २०७६ मंसिर २६ गते १७:३७

Advertisement

कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालद्वारा उक्त शाखा संयुक्त रुपमा उद्घाटन भएको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंककी हेड कर्पोरेट कम्युनिकेशन एण्ड सिएसआर सीपा रेग्मीले जानकारी दिईन् । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री