बिहीबार, १५ चैत २०८०

गुगलमा सर्वाधिक खोजिएको चलचित्र ‘कविर सिंह’

समयपोष्ट २०७६ मंसिर २६ गते १५:२०

Advertisement

यो बर्ष गुगलमा सर्वाधिक खोजिएको चलचित्रमा ‘कविर सिंह’ परेको छ । भारतमा गुगल प्रयोग गर्ने प्रयोगतकर्ताले साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’लाई सर्वाधिक खोजेका छन् ।

यो सूचीको दोश्रो स्थानमा हलिउड चलचित्र ‘एभेन्जर्स इन्डगेम’ छ । यो सूचीमा हलिउड चलचित्र ‘जोकर, क्याप्टेन मार्भल’ र बलिउड चलचित्र ‘सुपर ३०’ पनि छन् ।

साहिद कपुर र कियरा अडवाडी अभिनित चलचित्र ‘कविर सिंह’ले यो बर्ष बक्स अफिसमा २८० करोड हारहारीको व्यापार गरेको थियो । यो वर्षको सर्वाधिक नाफा कमाउने चलचित्र यहीँ पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री