शनिबार, ८ वैशाख २०८१

सुजुकीको ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरू, स्पेयर पार्टस् र एसेसोरिजमा १० प्रतिशत छुट

समयपोष्ट २०७६ मंसिर २६ गते १३:१६

Advertisement

सुजुकी ब्रान्डका गाडीमा अफरसहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरू भएको छ ।

सीजी मोटोकर्पको डल्लुस्थित सर्भिस सेन्टरमा बुधबारबाट सुरु भएको उक्त सर्भिस क्याम्पमा ‘एसी चेक’, ‘ब्याट्री चेक’, ‘ओभरअल चेकअप’ र ‘कार वासिङ’ निःशुल्क गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘थ्री डी ह्विल अलाइन्मेन्ट’ र ‘एसडीटी डायग्नोस्टिक’मा ५० प्रतिशत छुट दिइने छ।

स्पेयर पार्टस्, इन्जिन आयल र एसेसोरिजमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ। डल्लु कंकेश्वरी मन्दिर नजिक रहेको सुजुकी सर्भिस सेन्टर नेपालकै ठूलो सुविधासम्पन्न सर्भिस सेन्टर भएको दाबी गर्दै कम्पनीले अत्याधुनिक उपकरण र डायग्नोस्टिक सिस्टम रहेको जनाएको छ। २३ हजार ३ सय ८१ स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा हरेक महिना दुई हजारभन्दा बढी कार सर्भिसिङ गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री