बुधबार, १२ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स एशिया मोष्ट ट्रष्टेड कम्पनी अवार्डबाट सम्मानित

समयपोष्ट २०७६ मंसिर २६ गते ११:५४

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एशिया मोष्ट ट्रष्टेड कम्पनी अवार्डबाट सम्मानित भएको छ ।

बुधबार अमेरिकाको इन्ट्रनेशनल ब्राण्ड कन्सल्टिंग कर्पोरेशले थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले इन्ट्रनेशनल ब्राण्ड कन्सल्टिंग कर्पोरेशलाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पुर्ण ग्राहकबर्गरु, शेयरधनी, कर्मचारी, नियामक निकाय, सम्पूर्ण सञ्चार जगत लगायतमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे । यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । साथै ढकालले भ्रमण बर्ष २०२० मा नेपाल भ्रमण गर्न सबैलाई आग्रह समेत गरे ।

कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीद्धारा आज जारी गरिएको विज्ञप्तीमा उल्लेख  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री