शुक्रबार, ७ वैशाख २०८१

बौद्धमा प्रेमिकाले काटिन् प्रेमिको लिङ्ग

समयपोष्ट २०७६ मंसिर २५ गते ९:१८

Advertisement

काठमाडौंकाे बौद्धमा प्रेमिकाले प्रेमिको लिंग काँटिदिएकी छिन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध सफल नहुने देखेपछि १९ वर्षीया थिङ थरकी युवतीले प्रेमिको लिङ्ग नै काटिदिएकी हुन् ।

लामाे समयदेखि प्रेममा रहेका दुबैजना पछिल्लाे समय छुटिने अवस्थामा पुगेकाे बताईएको छ ।

घटनामा मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका व्यक्ति सख्त घाइते भएका छन् । प्रहरीका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।

‘घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएपछि युवतीले प्रेमीकाे लिङ्ग काटिदिएकाे देखिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीले युवतीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री