शनिबार, ८ वैशाख २०८१

कामना सेवा विकास बैंकको १०६औं शाखा भक्तपुरको लोकन्थलीमा

समयपोष्ट २०७६ मंसिर २४ गते २०:५८

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

शाखाको मंगलबार मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री