बिहीबार, १५ चैत २०८०

विदेशीसहित भरियाको मृत्यु

rss २०७६ मंसिर २१ गते २०:००

Advertisement

गण्डकी प्रदेशअन्तर्गत छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ । हिमालपारिको जिल्ला मनाङको ङिसाङ गाउँपालिका वडा नं ६ स्थित हिमालयन सिङ्गी होटलमा एक जापानी महिलाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार सो होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरीको मृत्यु भएको हो । त्यसैगरी गोरखा, चुमनुब्री गाउँपालिका १ साम्दोस्थित होटलमा बास बसेका एक भरियाको पनि मृत्यु भएको छ ।

फ्रान्सेलीको भारी बोकी गएका गोरखा, धार्चे गाउँपालिका वडा नं ४ का २७ वर्षीय टिसबहादुर गुरुङको चिसोको कारण लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता दीपक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री