बिहीबार, १५ चैत २०८०

पाकिस्तानका बिरामीका लागि तयार पारिएको भ्याक्सिन नेपालका २० हजार मानिसमा परिक्षण

समयपोष्ट २०७६ मंसिर २० गते १९:०६

Advertisement

बेलायतले तयार पारेको टाइफाइड रोगविरुद्ध प्रतिरोध क्षमता विकसति गराउने नयाँ भ्याक्सिनको परिक्षण नेपालका २० हजार मानिसमा गरेको तथ्य सार्वजनिक भएको छ।

पाकिस्तानका ९० लाख बिरामीका लागि तयार पारिएको भ्याक्सिन ललितपुरस्थित पाटन अस्पतालमा परिक्षण गरिएको बीबीसीले जनाएको छ। टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी)को नाम दिइएको यो भ्याक्सिन सन् २०१७ खेखि २०१९ सम्म पाटन अस्पतालमा परिक्षण गरिएको थियो ।

परीक्षणमा सहभागी चिकित्सक डा. बुद्ध बस्नेतका अनुसार विगतमा भ्याक्सीन तथा खोप परीक्षणहरू विवादमा परेको नेपालको पृष्ठभूमिमा ‘पाइलापाइलामा’ लक्षित समुदाय तथा अभिभावकहरूको ‘परामर्श तथा अनुमति लिइएको’ बीबीसीमार्फत बताएका छन् । तर कतिपय बिरामीलाई भने यो भ्याक्सिन परिक्षणको थियो भन्ने थाहा नै छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् यस्ता परीक्षणहरूको अनुमति दिने निकाय हो । तर उसले अनुमति दिँदा सर्वसाधारणको स्वास्थ्यको विषयको जोखिममा सम्बन्धित व्यक्तिसँग परामर्श लिनैपर्छ ।

भ्याक्सिनको परिक्षण सफल भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले समेत उल्लेख गरेको छ। तर अहिले नेपालका बालबालिका र किशोरकिशोरीलाई सम्भावित जोखिममा थाहै नदिई किन राखियो ? भन्ने विषयले चर्चा पाएको छ ।

यस्तो परिक्षणमा नेपालको कानुनी स्वीकृतिको त कुरै छाडौं सामाजिक दृष्टिकोणबाट पनि जोखिमबारे केही जानकारी गराइएको थिएन । यो परिक्षणमा अमेरिकी गैर सरकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको आर्थिक सहयोगमा अक्स्फोर्ड विश्वविद्यालयसहित नेपालका चिकित्सक पनि सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री