शुक्रबार, १४ वैशाख २०८१

रुपन्देहीमा छोराले आमा बुवालाई लखेटी लखेटी मारे

समयपोष्ट २०७६ मंसिर २० गते १६:५५

Advertisement

रुपन्देहीमा एक युवकले आफ्नै आमा बुवाको हत्या गरेका छन् ।

ओमसतिया गाउँपालिका ४ बालापुरका ३० वर्षीय गोरख अहिर यादवले ७५ वर्षीय बाबु रामनारायण अहिर यादव र ७२ वर्षीया आमा ठगना अहिर यादवको
शुक्रबार खुर्पाले हानेर हत्या गरेका हुन् ।

प्रहरीका अनुसार अभियुक्त यादवले घर बाहिर बसिरहेका बुवालाई घर भित्र तानेर लगि खुपाले हानेका थिए । खुर्पा प्रहार गर्दा उनको घाटीको बाया तर्फ चोट लागेपछि मृत्यु भएको हो । आमालाई घरमै लखेटेर खुर्पा प्रहार गरेका थिए । उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्युभएको प्रहरीले जनाएको छ।

भाईले खुर्पा प्रहार गरेको देखेपछि बचाउने प्रयास गर्ने क्रममा अभियुक्तका दाजु ५२ वर्षीय जोगिन्दर यादव घाइते भएका छन् । प्रहरीका अनुसार जोगिन्दर अहिले खतरा मुक्त छन् ।

प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री