शुक्रबार, ७ वैशाख २०८१

ससुरालीमा लामखुट्टेले टोकेपछि साली र श्रीमतीलाई सैनिकले गोली हानेर मारे

समयपोष्ट २०७६ मंसिर १७ गते ९:४८

Advertisement

भारतीय सेनाका एक जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । गत आइतबार सार्वजनिक भएको यस घटनामा नयाँ खुलासा भएको छ।

भारतीय मिडियाका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्यसैका कारण उनलाई डेंगु लागेको हुनसक्ने शंका गरेका थिए । जब उनले कारभित्र यस विषयमा चर्चा गरे तब श्रीमती र उनकी सालीले विरोध गरे । तत्पश्चात् उनलाई रिस उठेको र गुडिरहेको कारभित्रै दुबैजनालाई गोली हानेका थिए ।

गत नोभेम्बर २२ तारिखमा विष्णु शर्माकी साली डिम्पलको विवाह थियो जसका कारण उनी ससुराली गएका थिए । तर त्यति नै बेला उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिती बिग्रियो । परिवारका सदस्य आइतबार पटना एम्समा उनलाई उपचारका लागि लैजादैं थिए त्यति नै बेला उक्त घटना भएको हो ।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले दिएको जानकारी अनुसार गाडीभित्र विष्णुले ससुरालीको लामखुट्टेले टोकेका कारण उनलाई डेंगु भएको बताएपछि उनकी श्रीमती र सालीले उनको विरोध गरे । यसै कुरामा रिसाएर उनले आफ्नो लाइसेन्सयुक्त बन्दुकबाट गोली चलाउन सुरु गरे । मिथलेशले अगाडि बसेका उनका दुई सन्तानलाई स्थानीयको सहयोगमा बचाउन सफल भए ।

जानकारीका अनुसार विष्णु शर्मा सुरुदेखि नै मानसिक रुपमा उग्र थिए जसका कारण उनी थुप्रै पटक जेलसमेत जानु परेको थियो । उनी थुप्रै पटक कि त पुलिससँग वा अन्य व्यक्तिसँग झगडा गरिरहेको पाइन्थे । उनको मानसिक रोगका कारण परिवार तनावमा थिये र उनको उपचारका लागि पटना लैजादैं थिए । सुरुमा उनले आफ्नी साली डिम्पल र त्यसपछि श्रीमती दमिनीलाई गोली हानेर आफूमाथि पनि गोली चलाएर आत्महत्या गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री