बिहीबार, ६ वैशाख २०८१

प्रियंका र निकको विवाहको पहिलो वर्षगाँठ, प्रियंकाले यस्तो लेखेपछि निकले भने- मनैदेखि प्रेम गर्छु

समयपोष्ट २०७६ मंसिर १६ गते १२:५८

Advertisement

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको आज विवाहको पहिलो वर्षगाँठ । प्रियंका र निकले सोसल मिडियामा एक अर्कालाई शुभकामना आदनप्रदान गरेका छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफू दुलही भएको फोटो पोष्ट गर्दै लेखिन्, ‘मेरो वचन.. त्यतिबेला..आज…सधैंका लागि । तिमीले मलाई आनन्द, सन्तुलन, उत्साह, जोश…सबै कुरा एकैपटक दियौ । मलाई खोजेकोमा धन्यवाद । पहिलो वर्षगाँठको शुभकामना श्रीमान् । साथै, हरेक ती व्यक्तिलाई धन्यवाद जसले हामीलाई प्रेम र आशिर्वाद दिनुभयो । हामी अत्यधिक खुसी छौं ।’

 

निक जोनसले पनि इन्ष्टाग्राममा क्रिश्चियन वेडिङको तस्बिर सेयर गर्दै  लेखेका छन्, ‘एक वर्षअघि हामी सधैंका लागि एक अर्काको भयौं । म तिमीलाई मनैदेखि प्रेम गर्छु प्रियंका, विवाहको वर्षगाँठको शुभकामना ।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री