शुक्रबार, ७ वैशाख २०८१

२ सय बिघा जग्गामा रामदेवको यस्तो योजना

समयपोष्ट २०७३ मंसिर १४ गते ३:२८

पतन्जली योगपीठ हरिद्धार भारतका स्वामी रामदेवलाई जडीबुटी खेती तथा आयुर्वेद शिक्षण अस्पताल निमार्णका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयले २ सय बिघा जग्गा भाडामा दिने तयारी गरेको छ ।

Advertisement

विश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइराला तथा उच्च कर्मचारीको पहलमा ४० वर्षका लागि जग्गा भाडामा दिन लागिएपछि विश्वविद्यालयका पदाधिकारी नै विरोधमा उत्रिएका छन् ।

स्थानीय तहमा विवाद भएपछि यस सम्बन्धी फाइल सिधै प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ पठाइएको छ ।

स्रोतका अनुसार रामदेवले प्रधानमन्त्रीलाई प्रभावमा पारेर उक्त निर्णय गराउँदैछन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री