शनिबार, ८ वैशाख २०८१

संविधान संशोधन नभएसम्म चुनाव गर्न दिदैनौ : महन्थ ठाकुर

समयपोष्ट २०७३ मंसिर १३ गते ७:२५

तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने बताएका छन ।  

Advertisement

अवधी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चाका नेता ठाकुरले संविधान संशोधन नभएसम्म कुनै हालतमा चुनाव गर्न नदिने बताएका हुन् । 

पत्रकार सम्मेलनमा नेता ठाकुरले भने, ‘मधेसी मार्चाको सहमति विनाको संविधान संशोधन र त्यसपछि हुने निर्वाचनमा हामी भाग पनि लिँदैनौं र निर्वाचन हुन पनि दिँदैनौं ।’

 नेता ठाकुरले मधेसी मोर्चाको माग नै सम्बोधन नहुने संशोधन प्रस्ताव ल्याएमा विद्रोह गर्ने चेतावनी समेत दिए । उनले भने, ‘हामीले सरकारलाई आफ्नो मागका बारेमा प्रष्ट रुपमा भनिसकेका छौं, तर सरकारले एक हातमा बन्दुक र अर्को हातमा संशोधनको प्रस्ताव लिएर आयो भने कुनै पनि हालतमा मानिने छैन, डटेर सामना गर्छौं ।’

यस्तै  नेता ठाकुरले एमाले जहिले पनि मधेसी र मधेसप्रति रुखो टिप्पणी गर्ने गरेको आरोप पनि लगाए । ठाकुरले संविधान संशोधनमा एमालेले अवरोध पुर्‍याउन सक्ने तर रोक्न नसक्ने दावी गरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री