आइतबार, १३ फागुन २०८०

सानिमा बैंकको नयाँ शाखा पुतलीबजारमा

समयपोष्ट २०८० मंसिर १३ गते १८:३६

Advertisement

सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बुधबार उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गरे ।

समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी उक्त कार्याक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानियग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री