भुकम्पपीडितहरुलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
समयपोष्ट
२०८० कार्तिक २४ गते १४:५८
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडेले जाजरकोट भुकम्पपीडितहरुलाई न्यायो कम्बल सहयोग गरेको छ ।
कम्पनीले नलगाड नगरपालिका, जाजरकोटलाई पाँच लाख रुपैयाँ बराबरको न्यायो कम्वल सहयोग गर्ने जनाएको छ ।
कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गर्न अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया