मंगलबार, ११ वैशाख २०८१

साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधा देउ

समयपोष्ट २०७३ मंसिर ९ गते ५:२७

व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्था गर्न माग गरेका छन्  । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र  बुझाउँदै साना दलले ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धि विद्येयकमा व्यवस्था गर्न माग गरेका हुन् ।  
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताएका छन् ।

Advertisement

ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न समेत माग गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री