आईएमई सबल जीवन बीमा योजना : आर्थिक सुरक्षाको लागि एक सवल जीवन बीमा योजना
अनिश्चितताले भरिएको जीवनमा, आफ्नो र प्रियजनहरूको आर्थिक भविष्य रक्षा गर्न एक उत्कृष्ट जीवन बीमा योजना हुनु आवश्यक छ । यस आवश्यकतालाई पूर्ति गर्न आईएमई लाइफ इन्स्योरेन्सले ‘आईएमई सबल जीवन बीमा’ योजना आफ्ना ग्राहकमहानुभावहरु समक्ष पस्किएको छ । यस सीमित भुक्तानी सावधिक जीवन बीमा योजना अन्तर्गत बीमितहरुले उत्कृष्ट रक्षावरण पाउनका साथै निश्चिन्त रहन विभिन्न सुविधाहरू समेत पाउने कम्पनीले जनाएको छ ।
‘लचिलो बीमा अवधी, आकर्षक दावी भुक्तानी, र थप पूरक करार सुविधाहरुका साथ, यो योजना दीर्घकालीन आर्थिक सुरक्षा खोज्नेहरूका लागि भरपर्दो बीमा योजनाको रूपमा चर्चित रहेको छ ।’ कम्पनीका सूचना अधिकृत तथा अन्डरराइटिङ प्रमुख सुदीप राणा भन्छन् ‘आईएमई सबल जीवन बीमा योजनाको धेरै मुख्य विशेषताहरुका कारण एक आकर्षक जीवन बीमालेखको रुपमा ठहरिएको छ ।’
न्यूनतम प्रवेश उमेर
१६ वर्षको उमेर देखिनै बीमा गर्न मिल्ने भएकोले यस बीमालेखले उत्कृष्ट रक्षावरणका साथै सानै उमेर देखिनै जोखिमहरुको रक्षावरण गर्नेहुनाले आफ्नो र आफ्नो परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने अवसर यस बीमालेखले प्रदान गर्ने छ ।
अधिकतम प्रवेश उमेर
६० वर्षको अधिकतम प्रवेश उमेर रहेको यस बीमालेखले अप्रत्याशित परिस्थितीहरुमा समेत आर्थिक सुरक्षा प्रदान गर्नेछ । साथै, यस बीमालेख को उमेर परिपक्वता २१ वर्ष देखि ६० वर्ष सम्मको उमेर रहेको छ।
बीमा अवधि
लचिलो बीमा अवधि रहेको यस बीमालेखमा बीमितहरुले आफ्नो आवश्यकता अनुरुप ५, १०, १५ वा २० वर्ष सम्मको बीमा अवधि चयन गर्न सकिनेछ ।
बीमाङ्क रकम
न्यूनतम बीमाङ्क रकम रु. ५०,०००/- रहेको यस बीमालेखको अधिकतम बीमाङ्क रकम आफ्नो आयस्रोतको आधारमा रहने छ ।
बीमाशुल्क भुक्तानी तरिका
बीमा अवधिको आधारमा बीमाशुल्क भुक्तानी वर्षहरु फरक फरक निर्धारण गरिएको छ । जस्मा बीमा अवधि ५ वर्षको भए एकल, २, ३ र १० वर्षेमा एकल, २, ३ ४, ५ र १५ वर्ष, २० वर्षेमा एकल, २, ३, ४, ५ वर्ष अवधिमा भुक्तानी गर्न सकिन्छ । बीमाशुल्क भुक्तानी तरिका अन्तर्गत वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरि बुझाउन सकिनेछ । बीमाङ्क रकम रु. २१०,००० देखि ५००,००० सम्ममा प्रतिहजार एक रुपैया र रु. ५१०,००० भन्दा माथिकोमा दुई रुपैया छुटको व्यवस्था पनि गरिएको छ । बीमाशुल्क भुक्तानी तरिकाको आधारमा एकल बीमाशुल्क बाहेक अन्य तरिका अन्तर्गत वार्षिकमा दुई प्रतिशत र अर्धवार्षिकमा एक प्रतिशत छुट सुविधा उपलब्ध गरिएको छ ।
यस्ता छन् पूरक करार सुविधाहरु
क) दुर्घटना मृत्यु लाभ
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म बीमितको दुर्घटनाको कारणबाट शारिरीक चोटपटक लागेर १८३ दिन भित्र बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ वापत एकमुष्ठ भुक्तानी दिइनेछ ।
ख) चालु बीमालेखमा बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी अशक्तता भएमा
१) बीमाशुल्क मिनाहा लाभः यस पूरक करारमा उल्लेखित बीमाङ्क बराबर मूल बीमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी बीमाशुल्क मिनाहा हुनेछ ।
२) आम्दानी सुविधाः यस पूरक करारमा उल्लेखित बीमाङ्कको १% रकम प्रत्येक महिना बीमितलाई भुक्तानी दिइनेछ ।
ग) एकमुष्ठ भुक्तानी लाभ
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेलसम्म बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा पूरक करारमा उल्लेखित बीमाङ्क रकम एकमुष्ठ भुक्तानी लाभ वापत भुक्तानी दिइनेछ ।
घ) काजक्रिया खर्च सुविधा
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेलसम्म बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम काजक्रिया खर्च वापत एकमुष्ठ भुक्तानी दिइनेछ ।
ङ) घातक रोग
अतिरिक्त थप शुल्क सहित बीमितका लागि यो घातक रोग पूरक करार योजना ल्याइएको हो । उल्लेखित घातक रोगहरु मध्ये कुनै एक रोगको पहिचान सहित आवश्यक प्रकृया पुरा गरेको अवस्थामा शर्तहरुको अधिनमा रहि न्यूनतम रु पचास हजार देखि अधिकतम रु पचास लाखसम्मको उपचार सुविधा एकमुष्ठ प्राप्त गर्न सकिनेछ । यो सुविधा बीमा अवधि भित्र बीमितको उमेर ६५ वर्ष नपुनुन्जेलसम्मका लागि मात्र कायम रहनेछ ।
बीमाङ्क रकम भुक्तानी दिइने अवस्था
क) बीमा समाप्त हुने मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ ।
ख) बीमा अवधि समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रहि बीमाङ्क र नियामानुसारको बोनस रकमुष्ठ मुक्तानी दिइनेछ ।
यस बीमालेखको आकर्षणहरु
१) यस बीमालेख अन्तर्गत समर्पण/चुक्ता मूल्य र कर्जा सुविधा उपलब्ध हुनेछ ।
२) बीमाको अवधि लामो हुँदा पनि सीमित समयमात्र भुक्तानी गरेर बीमालेख सञ्चालन भई जोखिम वहन हुने ।
३) एकमुष्ट रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने ।
आईएमई सबल जीवन बीमा योजना बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान ल्याईएको एक उत्कृष्ट जीवन बीमाको रुपमा परिचित रहेको छ । कम्पनीका अनुसार यसको लचिलो जोखिम रक्षावरण सुविधाहरु, आकर्षक बीमाशुल्क भुक्तानी विकल्पहरु र पूरक करारको सुविधा समेतले यो बीमालेखबाट भएका बीमित र परिवारजनहरुलाई जीवनका विभिन्न परिस्थितिहरुमा आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
‘यो योजना छनोट गरेर, बीमितहरुले जीवनको अनिश्चितताहरूबाट निर्धक्क भई सुरक्षित रहन सक्नेछन् कम्पनीका अन्डरराइटिङ प्रमुख राणा भन्छन् ‘आजै आईएमई सवल जीवन योजना गरि आफ्नो आर्थिक भविष्य सुरक्षित गर्नुहोस् ।’
प्रतिक्रिया