बिहीबार, ६ वैशाख २०८१

नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा शाह निर्विरोध

समयपोष्ट २०७३ कार्तिक ३० गते ६:५४

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए) को अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित भएका छन् । शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन ।  (एनबिए) को अध्यक्ष पदका लागि शाहको मात्र उमेद्वारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

एनबिएको बुधबारको साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने छ। शाह अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत हुन् । शाह अध्यक्ष भएपछि  किशोर महर्जन वरिष्ठ उपाध्यक्षमा उक्लिएका छन् । महर्जन सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। रिक्त रहेको कनिष्ठ उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। 

संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ ।यसै व्यवस्था अनुसार यस पटक अध्यक्षको चयन गरिएको हो। अहिलेका अध्यक्ष उपेन्द्र पौडेल एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री