शुक्रबार, ७ वैशाख २०८१

लोकमान सिंह कार्कीको समर्थनमा निस्कयो जुलुस

समयपोष्ट २०७३ कार्तिक २९ गते ९:५१


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको समर्थनमा राजधानीमा आज जुलुस निस्कएको  छ । 
कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको एक महिना पुग्नै लाग्दा राजधानीको माइतीघरमा उनको समर्थनमा जुलुस निस्कएको हो।

Advertisement

माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा नकमाउ लोकमान, जनता तिम्रो साथमा छन् भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।जुलुसमा सहभागिहरुले कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेज गरौ भन्ने नारा लगाएका थिए ।

गेरुबस्त्र लगाएका देखि बालबालिका समेत जुलुसमा सहभागी थिए । जुलुसमा झण्डै डेढ सय सहभागी थिए ।र्यालीमा सहभागी मोटरसाईकल चालक र पैदलयात्रीले नेपालको झण्डा बोकेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री