शुक्रबार, १६ चैत २०८०

पेन्सन लिने व्यवस्था थप सहज बनाउन भारतले बुटवलमा नयाँ कार्यालयको स्थापना गर्ने

समयपोष्ट २०७३ कार्तिक २८ गते १३:३०

भारतले भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई सहज बनाउनका लागि नेपालमा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । 

Advertisement

नेपाल भ्रमणमा रहेका भारतीय सेनाका स्थलसेनाध्यक्ष दलबीर सिंहले पेन्सन लिने व्यवस्था थप सहज बनाउन बुटवलमा भारतले नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराएका हुन् । शनिबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगको भेटमा उहाँले नेपाल र भारतीय बीचको सदियौं पुरानो सम्बन्ध थप मजबुत बनाउदै भारतीय सेनामा रहेर सेवानिवृत्त भएका नेपालीको सुविधाका लागि बुटवलमा नया कार्यालय स्थापना गरिने बताए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनुभएको प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ । नेपाली सेनाका मानार्थ महारथी समेत रहेका भारतीय स्थलसेनाध्यक्ष सिहको यो दोश्रो नेपाल भ्रमण हो । यसअघि उहाँ २०१४मा नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री