मंगलबार, ११ वैशाख २०८१

बन्द गराउँदै हिड्ने विप्लव कार्यकर्ता प्रहरी नियन्त्रणमा 

समयपोष्ट २०७३ कार्तिक २८ गते ६:२१


आजको बन्द सफल बनाउँन हिडेका नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिल लगायतका स्थानबाट १३१ कार्यकर्ताहरुलाई प्रहरीले  पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा माओवादी
को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पुर्ण बहादुर सिंह, उपाध्यक्ष लालबहाजुर तामाङ, महासचिव दिपेन्द्र चलाउने र उपत्यका संयोजक लोकेश विश्वकर्मा लगायत का रहेका छन् । 

उनीहरुलाई कालिमाटी स्थित प्रहरी वृतमा राखिएको प्रहरीले जनाएको छ । कालोबजारी र महंगीका विरुद्ध भन्दै माओवादीले नेपाल आज बन्दको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री