बिहीबार, १५ चैत २०८०

सडक सञ्जालबाट कायापलटको अपेक्षा

समयपोष्ट २०७३ कार्तिक २८ गते २:२२

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘समृद्ध नेपालका लागि सडक, रेललगायत यातायात विकासको पाँचवर्षे रणनीतिक योजना बनाएको छ ।

Advertisement

नेपाललाई सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरमा पुर्‍याउने राष्ट्रिय अठोटलाई सार्थक बनाउन तथा आमनागरिकलाई सुरक्षित, सर्वसुलभ र प्रदूषणमुक्त यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित मन्त्रालयले पाँचवर्षे रणनीतिक योजना तयार पारेको बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा सङ्घ र प्रदेशबीच, प्रदेश प्रदेशबीच र छिमेकी मुलुकहरूसँग सर्वसुलभ यातायात सम्पर्कका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालको विकास, सुदृढीकरण र प्रभावकारी यातायात व्यवस्थापन गरी समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउनु नै यस रणनीतिक योजनाको मुख्य उद्देश्य रहेको बताए ।

मुलुकको राष्ट्रिय एकता, अखण्डता, क्षेत्रीय सन्तुलन र मुलुकका विभिन्न भागका नागरिकबीच आपसी सम्बन्ध कायम गरी समृद्ध नेपाल निर्माणको आधार तयार गर्ने तथा मुलुकको राजधानी र प्रत्येक प्रदेशको राजधानीलाई राष्ट्रिय राजमार्गसँग कम्तीमा एकवटा चार लेन सडकसँग जोडिने नीति यस महìवाकाङ्क्षी रणनीतिक योजनाअन्तर्गत लिइएको छ ।

त्यसैगरी स्थानीय जनतामा सडक यातायातको पहुँचलाई प्रदेश र केन्द्रसम्म बाह्रै महिना सहज र भरपर्दो रूपमा विकास गरिने नीति यस योजनाको छ । विद्यमान यातायात व्यवस्थापन प्रणालीमा सुधार गरी सर्वसाधारणको आवागमन र वस्तुहरूको ओसारपसार सुरक्षित, भरपर्दो तथा कम खर्चिलो बनाइने नीति योजनाको रहेको छ ।

  1. चालू आर्थिक वर्षबाट सुरु गरी वि.सं. २०७८ सम्म चालू रहने यो रणनीतिक योजनालाई सफल बनाउन नियमित वार्षिक आर्थिक विनियोजनबाहेक करिब आठ खर्ब १३ अर्ब रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सक्रियतामा मात्र यो महìवाकाङ्क्षी योजनाको कार्यान्वयन सम्भव नरहेको बताउँदै प्रवक्ता अधिकारीले यो योजनाको लक्ष्य प्राप्त गर्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको निरन्तर सहयोग र समर्थनको आवश्यकता रहेको बताए ।

मन्त्रालयका अनुसार यो योजना सम्पन्न भएको अवस्थामा भारत र चीन जोड्ने पाँचवटा राजमार्ग सञ्चालनमा आउनेछन्, जसमा रानी–इटहरी–धनकुटा–लेगुवाघाट–खाँदबारी–किमाथाङ्का सडक (३१०) किलोमिटर; ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेसी–रसुवागढी सडक (१८८ किलोमिटर) रहेका छन् ।  गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री