शुक्रबार, १६ चैत २०८०

ओरालो लाग्दै गरेका दल !

समयपोष्ट २०७९ मंसिर १० गते २०:४१

Advertisement

नारायण खनाल
युगान्तकारी राजनैतिक परिवर्तनको मुख्य नेतृत्व गरेको तत्कालीन सयुक्त जनमाेर्चा नेपाल हालको माओवादीले,२०४८ सालको आम निर्वाचनमा तत्कालिन सयुक्त जनमाेर्चा नेपालकाे तर्फबाट ९ सिट जितेको थियो ।

२०६४ सालको संबिधान सभाको निर्वाचनमा १२० सिट जितेकाे माओवादीले ३१ बर्षपछि भएको यस निर्वाचनमा प्रत्यक्ष तर्फ बढीमा १८ सिटमा मात्रै चित्त बुझाउनु पर्ने ठाउँमा आइपुगेको छ ।

माेहन बिक्रम सिंहले नेतृत्व गरेको तत्कालिन २०३४ सालको चाैथाे महाधिवेशन जसले कुनै बेला देशै हल्याएकाे थियो त्यो पार्टीले ४५ बर्ष पछि भएको आम निर्वाचनमा बयाेबृद्ध नेता चित्र बहादुर केसी र प्युठानमा माेहन जी काे कान्छी श्रीमती जाेगाउनुमा गर्व गर्नुपर्ने ठाउँमा आइपुगेको छ ।
नारायणमान बिजुक्छेले २०३० साल देखि एक छत्र राजपाठ गर्दै आएको नेमकिपाका, भक्तपुरको एउटा मात्रै निर्वाचन क्षेत्र जित्नुलाई पुरै पृथ्वी जिते जस्तै गर्व गर्छ ।

२०२८ सालको झापाली सशस्त्र संघर्षका नायक,नेकपा (माल) का महासचिव सिपि मैनाली सके आफू र आफ्नो श्रीमती निलम केसी नसके आफू मात्रै
भए पनि जित्नु र पार्टीको मुल नेतृत्वमा रहिरहनुलाई बितेको ५० बर्ष देखि गाैरब गर्दै आएका छन ।

मधेसले संघियताकाे पिता भन्दा प्रफुल्ल हुने उपेन्द्र यादबले तत्कालिनसंघिय समाजबादी फाेरमकाे तर्फबाट २०६४ सालको निर्वाचनमा ५२ सिट जित्न सफल भएको भएता पनि डेढ दशक नपुग्दै आफ्नो सर्मनाक परायज सहित मात्रै ६ थान माननीयहरु लिएर प्रतिनिधि सभाको एउटा कुनामा थन्किनु पर्ने ठाउँमा आइपुगेका छन ।

२०३५ साल देखि निरन्तर राजनितिका कृर्याशिल रहदै आएका र देशको प्रधानमन्त्री समेत भइसकेका नेकपा ( एकिकृर्त )समाजबादीका अध्यक्ष माधब कुमार नेपाल १० सिट जित्नु रथेर्स हाेल्ड कटाउनु गर्बकाे बिषय मान्नु पर्ने ठाउँमा आइपुगेका छन ।

बितेको ६० बर्ष देखि सक्रिय राष्ट्रिय राजनितिमा रहेका र राष्ट्रपतिकाे उम्मेदवारको रुपमा हेरिरहेका शन्त नेता महन्त ठाकुर जीवनको उत्तराद्धमा मधेशबाट एकाध सिट जित्नु र संसदमा छिरेर बुढ्याैलि खर्चपर्चकाे जाेहाे गर्न सक्नु लाई ठुलै उपलब्धि मान्ने स्थानमा आइपुगेका छन ।

दुई तिहाइ बहुमत सहितको तत्कालीन नेकपा का केन्द्रीय उपाध्यक्ष समेत रहेका र एक पटक प्रधानमन्त्री हुने रहर गरेका नेता बामदेब गाैतमकाे नेकपा राष्ट्रिय एकता अभियान यतिबेला काेमामा अन्तिम सास फेरिएको देखिन्छ ।

बितेको चार दशक देखि राजनितिमा क्रियाशिल देशको प्र. म.समेत भइसकेका डा. बाबुराम भट्टराई जसको नेतृत्वमा सात बर्ष मात्रै पहिला काठमाडौंको दशरथ रङ्गशालामा, देशका प्राय सबै दलको साताेपुत्लाे जाने गरि, एउटा धमाकेदारी इन्ट्रि सहित नयाँ बैकल्पिक राजनितिकाे जग हालिएको घाेषणा गरिएको थियो । त्यो पार्टीको नेतृत्व आज सिर्फ परिवार जाेगाउन मात्रै सके पनि ठुलै काम हुने निष्कर्षमा आइपुगेको छ ।

माथि उल्लेखित गरिएका दल र तिनको नेतृत्व आजका मितिसम्म आइपुग्दा पनि कुन कारणका कारणले आज आफ्नो यस्तो दुरदशा भयो , आफुले आजिबन मेहनत गरेर निर्माण गरेको पार्टीको दर्शन, सिद्धान्त, बिचार, संङ्गठात्मक सिद्धान्त र संरचना माथि बिमर्श गर्ने र पार्टी भित्र र आफू भित्र रहेका कमिकमजाेरीकाे समिक्षा गर्ने र सच्याउने मुडमा हाेइन कि मूर्खहरुकाे शासन मुनि जिउकाे सुरक्षा गर्न सक्नुमा ठुलै उपलब्धिका साथ गर्व गरिरहेकाे पाइन्छ ।

यता बितेको पाँच दशक देखि निरन्तर राजनितिमा कृर्याशिल बयाेबृद्ध नेता माेहन बैध, नेत्र बिक्रम चन्द, धर्मेन्द्र बास्तोला जस्ता मानिसहरु निर्वाचन बहिष्कारको नाममा भए पनि आफ्नो अन्तिम अस्तित्व रक्षाका लागि जिबनमरणकाे लडाइँमा मैदानमा क्रियाशिल हुनुहुन्छ तर देशको सुशासन र बिकास कसरी हुनेछ त्यो कुरामा उहाँहरु पुरै उदाशिन देखिनु हुन्छ । यस्ता अरु पनि कैयौं राजनैतिक दलहरु दशकाै देखि देशमा क्रियाशिल रहदै धुकुर धुकुर बाचिरहेका छन् । जसको नेपाली समाजमा कुनै सम्मान र अस्तित्व रहेको छैन यस्ता दुकान हरु या त बिचार मिल्नेहरुसंग मर्ज गरेको राम्रो तत्काल त्यो हुननसके त्यस प्रकारका पसल हरु राखिरहनु र कार्यकर्ता र जनता माथि नै बाेझ बन्नु भन्दा समय छदै बन्द गर्नु नै धेरै राम्रो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री