शनिबार, ८ वैशाख २०८१

साना साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

समयपोष्ट २०७९ मंसिर ९ गते १४:४५

Advertisement

मुक्तिनाथ विकास बैंक लि र कफी सोलुसन प्रा.लिबिच कफी ब्यवसाय संचालन गर्न चाहने ब्यक्तिहरुलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कफी सोलुसन प्रा.लि.का निर्देशक हरी रायमाझीले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताले साना वर्गका ब्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनुको साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठुला ब्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशिलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

कफी सोलुसन प्रा.लि.का निर्देशक रायमाझीले मुक्तिनाथ विकास बैंक लि. ले न्यून आय भएका वर्गका ब्यक्तिहरुलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेलेको भन्दै बैंकको प्रशंसा गरे ।

मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी ब्यक्तीहरुलाई प्राथमिकतामा राखि घरघरमा कर्जा वचतको कारोबार गर्दै उद्यमशिलता विकासमा योगदान दिँदै आएको छ ।

यस्तै कफी सोलुसन प्रा.लिले कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका ब्यक्तिहरुलाई कफी ब्यवसाय सम्बन्धी तालिम दिई ब्यवसायी बनाउँदै आएको छ ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री