शुक्रबार, ७ वैशाख २०८१

काभ्रे–१ (२) : तीन मतान्तरले तीर्थ लामा निर्वाचित

समयपोष्ट २०७९ मंसिर ९ गते ८:०६

Advertisement

काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गर्नुभएको थियो ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री