बिहीबार, १३ वैशाख २०८१

नयाँ ठाउँमा सेञ्चुरी बैंकको पदमपुर शाखा

समयपोष्ट २०७९ मंसिर २ गते १२:४२

Advertisement

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ ।

पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरू तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री