बिहीबार, १३ वैशाख २०८१

मनिषाले मागिन् रेखाको लागि भोट

समयपोष्ट २०७९ मंसिर १ गते १२:३९

Advertisement

बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा चर्चित अभिनेत्री रेखा थापाका लागि मत मागेकी छन् ।

मनिषाले बुधवार एक भिडियो सन्देशमार्फत् थापाका लागि मत मागेकी हुन् ।

मनिषाले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितका लागि शुभकामना पनि दिएकी छन् ।

रेखाले फेसबुकमा राखेको भिडियोमा मनिषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याती कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

केही दिनदेखि मनिषा विभिन्न क्षेत्रबाट उठेका राप्रपाका उम्मेदवार रविन्द्र मिश्रलाई जिताउन घरदैलोदेखि चुनावी सभासम्म सहभागी भइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री