शुक्रबार, ७ वैशाख २०८१

कक्षा १२ को पूरक परीक्षाको नतिजा निर्वाचन अघि नै सार्वजनिक गर्ने तयारी

समयपोष्ट २०७९ कार्तिक २३ गते १७:२६

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि (पूरक परीक्षा) को नतिजा मंसिरको पहिलो सातासम्ममा प्रकाशित गर्ने तयारी गरेको छ ।

असोज ३० र ३१ गते लिइएको पूरक परीक्षाको नतिजा चुनावअघि नै सार्वजनिक गर्नेगरि तयारी गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘चुनावअघि नै नतिजा प्रकाशन गर्ने तार्गेट लिएका छौ। सबै तयारी लगभग अन्तिम चरणमा छ’ अध्यक्ष शर्माले भने। १ लाख ३० हजार विद्यार्थीले पूरक परीक्षा दिएका थिए। गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री